अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

दार्चुला घटनाको छानबिन गर्न सरकारद्धारा पाँच सदस्यीय समिति गठन, प्रतिवेदन बुझाउन १० दिनको म्याद

बिआरटीनेपाल २०७८ साउन १७ गते ७:२३ मा प्रकाशित

भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा नेपाली नागरिक बेपत्ता भएको घट्नाको छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।

गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न समितिलाई १० दिनको समय दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू