अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

नेपालमा थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ साउन १५ गते ६:५० मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ८३ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ६७ र ४ हजार ८ सय ७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ४४ गरी ३ हजार ६ सय ११ जनामा कोरोनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ६ लाख ९३ हजार १ सय ९ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय १६ कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६ लाख ५२ हजार २ सय ६१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू