अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

चीनले आणविक क्षमता विस्तार गरेको अमेरिकाको आरोप

बिआरटीनेपाल २०७८ साउन १४ गते २:५० मा प्रकाशित

चीनले आफ्नो आणविक क्षमता विस्तार गरेको अमेरिकाले दावी गरेको छ ।अमेरिकी वैज्ञानिकहरुले अमेरिकाले आणविक क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्न क्षमता विस्तारमा लागेको अमेरिकी वैज्ञानिकहरुले जनाएका छन् ।

पश्चिमी चीनको सिनजिया प्रान्तमा आणविक गतिविधि गरिरहेको भन्दै अमेरिकी रक्षा विभागले चिन्ता व्यक्त गरेको छ ।पछिल्लो र्दुइ महिनायता चीनले दुई वटा मिसाइल निर्माण गरिसकेको अमेरिकी अधिकारीहरुको दावी छ ।

सन् २०२० मा पेन्टागनले चीनले आफ्नो आणविक भण्डारणलाई दोब्बर बनाउन लागेको आराप लगाएको थियो ।उक्त आरोपको चीनले खण्डनसमेत गरेको थियो ।

चीनका आणविक गतिविधिले अमेरिका र रुस हतियार नियन्त्रणका लागि लामो समयदेखि प्रयास भइरहेको वार्तासमेत बिथोलिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू