अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

७० प्रतिशत वयस्कले कोरोनाविरुद्धको खोप लगाइसकेको युरोपियन युनियनको दावी

बिआरटीनेपाल २०७८ साउन १३ गते ८:१७ मा प्रकाशित

युरोपियन युनियनले ७० प्रतिशत वयस्कले कोरोनाविरुद्धको खोप लगाइसकेको जनाएको छ ।युनियनका अध्यक्ष उर्सुला भोन डेर लेनले यसअघि आफूहरुले गरेको प्रतिवद्धता अनुसार युनियनमा आवद्ध सदस्य राष्ट्रहरुका ७० प्रतिशत वयस्कले कोरोनाको खोप लगाइसकेको दावी गर्नुभएको छ ।

उहाँले जुलाईको अन्त्यसम्ममा खोपकाो सो मात्रा पूरा गर्ने प्रतिवद्धता अनुसार नै खोप कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । ५७ प्रतिशतले खोपको दुवै मात्रा पूरा गरेको पनि उहाको भनाई छ । लेनले कोरोनाका अन्य भेरियन्टहरु पुनः सक्रिय भइरहेकाले खोप लगाएपनि ढुक्क रहने अवस्था भने नरहेको टिप्पणी गर्नुभयो ।

सरकारी अधिकारीहरुका अनुसार आगामी अगस्टमा कोरोना संक्रमणको दर ९० प्रतिशतले वृद्धि हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू