अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

सत्तारूढ गठबन्धनको बैठक – मन्त्रालयको भागबन्डाको टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई

बिआरटीनेपाल २०७८ साउन १३ गते ७:५४ मा प्रकाशित

सत्तारूढ गठबन्धनले मन्त्रालयको भागबन्डा शीर्ष नेताको तहबाट टुंगो लगाउने भएको छ । बुधबार बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डाको टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिएको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।बैठकले न्यूनतम साझा कार्यक्रम छिटो तयार पार्न खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ ।

बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्थ्यो । त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ सहभागी , जसपाबाट अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई तथा वरिष्ठ नेता अशोक राई सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै बैठकमा राष्ट्रिय जनमोर्चाका तर्फबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी हुनुभएको थियो भने माधवकुमार नेपाल नेतृत्वको एमाले समूहबाट भने विजय पौडेल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू