अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 16:25

विश्वभर १९ करोड ५५ लाख बढिमा कोरोना सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:१८ मा प्रकाशित

विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण १९ करोड ५५ लाख ३६ हजार ४ सय ९१ जनामा पुष्टि भएको छ । कोरोनाको कारण ४१ लाख ८७ हजार २४ जनाको मृत्यु भएको छ भने १७ करोड ७३ लाख ३९ हजार ७ सय ७८ जना निको भएका छन् । हाल सम्म संयुक्त राज्य अमेरिकामा ३ करोड ५२ लाख ८७ हजार २ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ६ लाख २७ हजार ३९ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा ३ करोड १४ लाख ४० हजार ९ सय ५१ जनामा कोरोना सङ्क्रमण हुँदा ४ लाख २१ हजार ४ सय १४ को मृत्यु भएको छ भने ब्राजिलमा १ करोड ९७ लाख ७ हजार ६ सय ६२ जनामा सङ्क्रमण पुष्टि हुँदा ५ लाख ५० हजार ५ सय ८६ को मृत्यु भएको छ ।

त्यसैगरि रसियामा ६१ लाख ७२ हजार ८ सय १२ जनामा सङ्क्रमण पुष्टि हुँदा १ लाख ५५ हजार ३ सय ८० को मृत्यु भएको छ भने फ्रान्समा ५९ लाख ९९ हजार २ सय ४४ मा संक्रमण पुष्टि हुँदा १ लाख ११ हजार ६ सय ६७ को मृत्यु भएको छ ।

बेलायतमा ५७ लाख २२ हजार २ सय ५८ जनामा सङ्क्रमण पुष्टि हुँदा १ लाख २९ हजार १ सय ७२ को मृत्यु भएको छ । टर्किमा ५६ लाख १८ हजार ४ सय १७ मा सङ्क्रमण पुष्टि हुँदा ५० हजार ९ सय ९७ को मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू