अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको चीनको आरोप, प्रतिबन्ध र सीमा शुल्क तत्काल हटाउन आग्रह

बिआरटीनेपाल २०७८ साउन १२ गते २:१२ मा प्रकाशित

अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको आरोप चीनले लगाएको छ ।चीनको उत्तर–पूर्वी तटीय शहर तियान्जिनमा भएको उच्च तहको वार्तामा बेइजिङले आफुमाथिको सम्पूर्ण प्रतिबन्धनहरु ततकाल हटाउन माग गरेको हो ।

चिनिया उत्पादनमाथि अमेरिकाले थोपरेको अतिरिक्त शुल्क घटाउन पनि उसको आग्रह छ । चिनियाँ विदेश मन्त्री वाङ्ग यीले चीनसँग कस्तो सम्बन्ध स्थापित गर्ने भन्ने विकल्प अमेरिकासँग नैं भएको प्रतिक्रिया दिनुभएको छ ।

वार्तामा अमेरिकी टोलीको नेतृत्व गर्नुभएका उप विदेश मन्त्री वेण्डी शर्मनले चीनसँग तिक्ततापूर्ण सम्बन्धन राख्ने चाहना अमेरिकाको नभएको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू