अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

अष्ट्रेलियाको सिड्नीमा सङ्कटकाल घोषणा

बिआरटीनेपाल २०७८ साउन ८ गते ९:०८ मा प्रकाशित

अष्ट्रेलियाको सिड्नीमा सङ्कटकाल घोषणा गरिएको छ । कोरोना भाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि आजबाट सङ्कटकाल घोषणा गरिएको हो । केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि सङ्कटकाल लगाउने निर्णय गरेको हो ।

प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १ सय ३६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो संख्या अहिले सम्मकै धेरै भएको बताइएको छ । सिड्नीमा एक महिना अगाडि देखि लकडाउन जारी रहेको छ । लकडाउन हुदाँ हुदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू