अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

स्पष्टिकरण सोध्ने काम गलत भएको एमाले माधव–झलनाथ खनाल पक्षको निष्कर्ष

बिआरटीनेपाल २०७८ साउन ६ गते ७:२७ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले नेताहरु विरुद्धका नाराबाजी रोकेर एकताको कामलाई अघि बढाउन अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका छन् । बानेश्वरमा आज बसेको खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले एकताका लागि वार्ता र १० बुँदे सहमति भएको अवस्थामा सांसदहरुलाई स्पष्टीकरण सोध्ने काम गलत भएको निष्कर्ष निकालेको छ ।

एकता वार्ता चलिरहेको र १० बुँदे सहमति भएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाउने साथै सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने काम तत्काल रोकिनु पर्ने बारेमा बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू