अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण, ४ महिना यताकै उच्च संक्रमित

बिआरटीनेपाल २०७८ असार १० गते ९:०४ मा प्रकाशित

बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ ।बेलायतमा पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत फेबु्रअरी ६ पछिकै उच्च हो ।

फेबु्रअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण दर उकालो लागेको हो ।बेलायतमा संक्रमण दरमा तीव्रता आएपनि मृत्यु दरमा भने खासै वृद्धि भएको छैन । यता अष्ट्रेलियाको न्यु साउथ वेल्समा पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमण बढेको छ ।

आज न्यु साउथ वेल्सले दिएको जानकारीअनुसार हिजो ११ नयाँ संक्रमित फेला परेका छन् । संक्रमित हुनेमा न्यु साउथ वेल्सका कृषिमन्त्री पनि छन् ।यसअघि न्यु साउथ वेल्सका स्वास्थ्यमन्त्रीले कोरोना संक्रमित अझै भेटिन सक्ने बताएका थिए । न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले सिड्नीमा अर्को लकडाउन हुन सक्ने चेतावनी समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू