अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

हङकङको एप्पल डेली पत्रिका बन्द हुँदै

बिआरटीनेपाल २०७८ असार ९ गते ७:४७ मा प्रकाशित

हङकङको प्रजातन्त्रको पक्षमा वकालत गर्ने एप्पल डेली पत्रिका बन्द हुने भएको छ । आगामी शनिबार अन्तिम अंक प्रकाशन गर्ने कम्पनीको बोर्डले घोषणा गरेको बीबीसीले जनाएको छ ।सरकारी अधिकारीले गएको साता एप्पल डेलीसँग जोडिएका तीन कम्पनीको २३ लाख अमेरिकी डलर बराबरको रकम फ्रिज गरेका थिए ।

कुनै पनि बैंकले आफूहरुको खातामा रहेको पैसा दिन अस्वीकार गरेको अवस्थामा पत्रिकाले केही गर्न सक्ने अवस्था नरहेको पत्रिकाका संस्थापक जिमी लाईका सल्लाहकार मार्क सिमोनले बताएका थिए ।

गत बिहीबार हङकङका सुरक्षाकर्मीले एप्पल डेलीको कार्यालयमा छापा मारेर प्रधान सम्पादक र अरु ४ कार्यकारीलाई राष्ट्रिय सुरक्षा कानून उल्लंघन गरेको आशंकामा पक्राउ गरेको थियो । एप्पल डेलीका मालिक मिडिया मुगल जिमीलाई यसअघि नै पक्राउ गरी जेलमा राखिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू