अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

अफगानिस्तानमा तालिवानको आक्रमण बढ्दो, ५० भन्दा धेरै जिल्ला कब्जामा

बिआरटीनेपाल २०७८ असार ९ गते १:५५ मा प्रकाशित

अफगानिस्तानमा विद्रोही समूह तालिवानले हिंसात्मक घटना बढाएको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । अमेरिकाले आफ्ना सेनालाई स्वदेश फर्काउने भए पछि तालिवानले विभिन्न प्रान्त र जिल्लालाई कब्जा गर्न नियोजित तरिकाले चरणबद्ध रुपमा आक्रमण गर्न थालेको राष्ट्र संघले जनाएको छ ।

तालिवानले धेरै जिल्लामा कब्जा जमाएको छ । राष्ट्र संघका अनुसार गएको मे महिना यता मात्रै ५० भन्दा धेरै जिल्लालाई तालिवानले कब्जामा लिएको छ । यसले अफगानिस्तानसँगै अन्य देशमा पनि सुरक्षाको जोखिम बढेको खबरमा उल्लेख छ । तालिवानले ठाउँ ठाउँमा बारुदी सुरुङ बिछ्याएका बीबीसीले जनाएको छ ।

शान्ति वार्ताको प्रयास भइरहे पनि तालिवान वार्ताका लागि इच्छुक नदेखिएको राष्ट्र संघको भनाइ छ । अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखदेखि आफ्नो सेनालाई फर्काउने तयारी गरेको छ । अफगानिस्तानमा विद्रोहीको आक्रमणका कारण पोलियो थोपा खुवाउने अभियानसमेत प्रभावित छ । स्वास्थ्यकर्मीको हत्या हुन थालेपछि खोप अभियान प्रभावित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू