अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

इरानको आणविक कार्यक्रम विरुद्ध एकजुट हुन अन्तर्राष्ट्रिय समुदायलाई इजरायलको आग्रह

बिआरटीनेपाल २०७८ असार ७ गते ८:३० मा प्रकाशित

इरानले आणविक उर्जा केन्द्र केही समयका लागि बन्द गरेको जनाएको छ । तर अधिकारीहरुले भने केन्द्रमा प्राविधिक समस्या आएपछि केही समय मर्मतका लागि बन्द गरिएको जनाएका छन् ।तर इरान सरकारले भने आणविक केन्द्र बन्द गर्नुपर्ने कारणबारे केही नखुलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

इरानले दक्षिणी शहर बुशहरमा रहेको सो केन्द्र पहिलो पटक आपतकालीन रुपमा बन्द गरेको हो । सन् २०११ मा सो केन्द्र स्थापना भएसँगै अमेरिकालगायत युरोपियन युनियनले समेत इरानलाई आणविक केन्द्र बन्द गर्न दवाव दिँदै आएका छन् ।सो कन्द्रमा उत्पादन भएको आणविक उर्जा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक उर्जा केन्द्र (आईएईए) ले अनुमोदन गरेपनि पछिल्लो समय यसका गतिविधिबारे जानकारी नपाएको भन्दै इरानको आलोचना हुने गरेको छ ।

अमेरिकालगायतका मुलुकले इरानलाई आणविक कार्यक्रम बन्द गर्न दवाव दिएपनि सो प्रयास सफल हुन सकेको छैन । अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौताको एकतर्फी रुपमा भंग गरेसँगै इरानले आणविक कार्यक्रमलाई तीव्र पारेको छ । यता इरानको चेतावनीविरुद्ध एकजुट हुन अमेरिकालाई इजरायलले आग्रह गरेको छ । इरानको आणविक कार्यक्रम रद्द गर्न वा सानो मात्रामा मात्र सञ्चालनका लागि दवाव दिइरहेका बेला इरानले भने आफ्नो कार्यक्रमलाई निरन्तरता दिने बताउँदै आएको छ ।

नवनिर्वाचित राष्ट्रपति इब्राहिम रायसीले आणविक कार्यक्रमलाई निरन्तरता दिने संकेत गरेसँगै इरानलाई थप दवाव दिन इजरायलले अन्तर्राष्ट्रिय समुदाय गुहारेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू