अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४ | Colorodo: 21:09

आँधीका कारण अमेरिकामा ९ बालबालिकासहित १० जनाको मृत्यु

बिआरटीनेपाल २०७८ असार ७ गते ८:२८ मा प्रकाशित

अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर १० जनाको मृत्यु भएको छ । आँधीमा परेर १८ वटा सवारीसाधन दुर्घटना हुँदा ९ बालबालिकासहित १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।आँधीका कारण सो क्षेत्रमा कयौं निजी तथा सरकारी संरचनाहरु क्षतिग्रस्त भएका छन् भने अन्य १० जना घाइते भएको बताइएको छ ।

गत शनिबार पनि अलाबामा राज्यमा आँधीमा परेर दुई जनाको मृत्यु भएको थियो । अत्यधिक वर्षासँगै आएको बाढीले अन्य केहीलाई बगाएको आशंकामा खोजी जारी रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । भारी वर्षा अझै केही दिन जार रहने भन्दै थप क्षति हुनबाट जोगिन मौसमविद्हरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू