अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

नेपालमा थप २ हजार ७ सय ६८ जनामा कोरोना पुष्टि, ४ हजार २० जना सङ्क्रमणमुक्त

बिआरटीनेपाल २०७८ असार ४ गते ७:०० मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ६३ जना र ५ हजार ४ सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ५ जना गरी २ हजार ७ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत परीक्षण गर्दा ६ लाख १७ हजार ९ सय ४७ जना र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा २४ हजार ८ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ हजार २० जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा र यसअघिको विवरणसहित ४४ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ६ सय ४१ पुगेको छ । अहिले नेपालमा ५९ हजार ६ सय २४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू