अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४९ | Colorodo: 01:04

नेप्सेमा लगातार दोस्रो दिन गिरावट

बिआरटीनेपाल २०७८ जेठ २७ गते ७:५४ मा प्रकाशित

नेप्से परिसूचकमा १.८० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा झरेको हो । नेप्सेमा दोस्रो दिनको लगातारको गिरावट हो ।

गत मंगलबार एकै ५३ अंकले वृद्धि भएको बजारमा गत बुधबार १३.५६ अंकको गिरावट आएको थियो । बिहीबार नेप्सेमा सामान्य गिरावट आएपनि यता क वर्गका सेन्सेटिभ इन्डेक्स भने बढेको छ । नेप्सेका अनुसार यस दिन सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ५२७.८७ विन्दुमा पुगेको हो ।

बिहीबार कुल २२० कम्पनीका ३ करोड ६ लाख ६ हजार २६४४ कित्ता सेयर १ लाख ५५ हजार ६९० पटक किनबेच हुँदा कुल १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँको कारोबार भएको छ । यस दिन विकास बैंक समूह धनात्मक हुँदा वाणिज्य बैंकहरु ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, व्यापार, जीवन बीमा, निर्जीवन बीमा लगायत अन्य समूह ऋणात्मक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू