अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१७ | Colorodo: 12:32

जेठ १८ गतेबाट ३ मुलुकमा अन्तर्राष्ट्रिय हवाई उडान पुनः सञ्चालन हुने

बिआरटीनेपाल २०७८ जेठ १४ गते ७:५६ मा प्रकाशित

सरकारले आगामी जेठ १८ गतेबाट केही देशमा पुनः हवाइ उडान सञ्चालन गर्ने भएको छ ।मन्त्रीपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान सञ्चालन गर्न दिने गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताउनुभयो ।

अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्नका लागि पनि सातामा एक उडानको अनुमति दिने निर्णय भएको उहाँले बताउनुभयो ।

ती मुलुकबाट नेपाल आउने यात्रुले स्वास्थ्य निर्देशनको पूर्ण पालना गर्नुपर्ने मन्त्री ढकालले बताउनुभयो । कोभिड १९ संक्रमण विरुद्धका दुवै मात्रा खोप लगाएका यात्रुले होम क्वारेन्टिननमा बस्नुपर्ने र एक मात्रा मात्रै खोप लगाएको व्यक्ति होटलमा ३ दिन क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रुले भने १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू