अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११ | Colorodo: 15:26

आईतबार एकैदिन १५० भन्दा धेरैले गरे सगरमाथा आरोहण

बिआरटीनेपाल २०७८ जेठ ९ गते ७:५६ मा प्रकाशित

सगरमाथा आरोहण खुला भएसँगै आइतबार एकैदिन करिब डेढ सय भन्दा बढीले सगरमाथाको आरोहण गरेका छन् ।अधार शिविरको मौसम अनुकुल भएपछि आइतबार ठूलो संख्यामा आरोहीले शिखरको सफल आरोहण गरेका हुन् ।शनिबारनै तयारी अवस्थामा चौथो क्याम्प पुगेका उनीहरुले धेरै हावा चलेपछि आरोहण गर्न सकेका थिएनन् ।

आरोहणका लागि दुई सयभन्दा धेरै आरोही प्रस्थान गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।उहाँले कतिपयको जानकारी सङ्कलन गर्न बाँकी रहेको बताउनुभयो । सामुद्रिक आँधी ताउ तेको प्रभावले सगरमाथा क्षेत्रमा पनि मौसम परिवर्तनको खतरा हुन सक्ने भन्दै केही दिन अघि आरोहण स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू