अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

’एनआरएनए फाउन्डेसन’ले कोरोनाविरुद्ध एक करोडको राहत दिने

बिआरटीनेपाल २०७८ जेठ ५ गते ७:४७ मा प्रकाशित

’एनआरएनए फाउन्डेसन’ले एक करोड रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा गरेको छ। एनआरएन फाउन्डेसनको मंगलबार बसेको पहिलो बैठकले कोरोना महामारीबाट आक्रान्त क्षेत्रमा आपतकालीन सहयोग स्वरुप एक करोड रुपैयाँ बराबरको राहत सामग्री योगदान गर्ने निर्णय गरेको फाउन्डेसनका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न गत महिना ’एनआरएनए फाउन्डेसन स्थापना’ गरेको थियो।

फाउन्डेसनमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणी पौडेल, संघका संरक्षक रामप्रताप थापा, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, कलाकार मनीषा कोइराला, डा. एकनाथ खतिवडा र पुरु श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू