अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९ | Colorodo: 15:44

भारतमा कोरोना सङ्क्रमणको दर घटेन, एकैदिन ४ लाख बढीमा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७८ वैशाख २४ गते ७:४६ मा प्रकाशित

भारतमा कोरोना सङ्क्रमणको दर लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थप ४ लाख १४ हजार १ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । जुन भारतमा महामारी सुरु भएयताकै उच्च हो । यसअघि हिजो भारतमा ४ लाख १२ हजार २ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय भारतमा कोरोनाले मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । हिजो भने अहिलेसम्मकै उच्च ३ हजार ९ सय ८० को मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू