अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 11:13

भारत महाराष्ट्रको एक अस्पतालमा अक्सिजन चूहावट हुँदा २२ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ६:५४ मा प्रकाशित

भारत महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक चूहावट भएर बिरामीले अक्सिजन नपाउँदा २२ जनाको मृत्यु भएको छ ।नासिक नगर निगमका आयुक्त कैलाश जाधवका अनुसार घटनामा २२ जनाको मृत्यु भएको पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ ।

अक्सिजन लिकेज हुँदा अस्पतालमा आधा घण्टासम्म अक्सिजन आपूर्ति रोकिएको र यसले भेन्टिलेटरमा रहेका बिरामीलाई असर पुगेको थियो ।लिकेज बन्द गरिए पनि अस्पतालमा २५ प्रतिशत मात्र अक्सिजन बचेकाले कम अक्सिजन आपूर्तिका कारण भेन्टिलेटरमा भएका बिरामीलाई बचाउन नसकिएको हो ।

अस्पतालमा १५० जना बिरामी रहेकामा २३ जनालाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।घटनाकाबारेमा अनुसन्धान भइरहेको जनाइएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालमा ट्यांकरबाट अक्सिजन भर्ने क्रममा अक्सिजन चूहावट भएको हो ।

भारत हाल कोरोना भाइरसको चपेटमा परेको छ भने महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्यमा पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू