अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

ओलीका प्रश्नको जवाफ दिने नेपाल समूहको निर्णय, कारबाही गरे अदालत जाने

बिआरटीनेपाल २०७८ वैशाख ७ गते ८:१५ मा प्रकाशित

सत्तारुढ नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र कारबाही गरेमा कानुनी र राजनीतिक लडाइ लड्ने निर्णय गरेको छ । काठमाडौंमा उपलब्ध एमालेका नेपाल समूहका सांसदको आकस्मिक बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र कानुनी लडाइँ पनि लड्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरमा मंगलबार बसेको नेपाल समूहका सांसदको मंगलबारको बैठकपछि नेताहरुले स्पष्टीकरण दिएर कानुनी प्रतिरक्षा गर्ने राजनीतिक लडाइँ पनि लड्ने बताएका छन् । माधवकुमार नेपाल पक्षमा लागेका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई ओलीले स्पष्टीकरण सोधेका थिए । त्यसपछि नेपाल समूहका सांसदको आकस्मिक बैठक बसेको थियो ।

अध्यक्ष ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा नजाने उनीहरुको भनाई छ । २०७५ जेठ ३ गते पहिलेको एमाले मात्रै आफूहरूले चिन्ने र २०७७ फागुन २८ गते थप भएर आएको बैठकमा नबस्ने पनि माधव नेपाल पक्षले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू