अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

विश्वभर ११ करोड ९९ लाख संक्रमणमुक्त, ३० लाख २३ हजारको मृत्यु

बिआरटीनेपाल २०७८ वैशाख ५ गते १०:०८ मा प्रकाशित

विश्वभरमा ११ करोड ९९ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार साँझसम्ममा सम्ममा ११ करोड ९९ लाख सात हजार सात सय ७५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १४ करोड १२ लाख ९३ हजार तीन सय ७७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ३० लाख २३ हजार दुई सय ५६ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ८३ लाख ६२ हजारभन्दाबढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड २३ लाख ७१ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ४९ लाख चार हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ८० हजार सात सय ४४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ४७ लाख ८२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड २८ लाख तीन हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार एक सय ६८ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ८३ हजार ६ सय ५८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७५ हजार ३८ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार ७५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू