अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

भारतको रायपुरमा कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ वैशाख ५ गते १०:०० मा प्रकाशित

भारतको छत्तिसगढ राज्यको राजधानी रायपुरमा एक अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । आगलागीमा मृत्यु हुनेमा ४ जना कोरोना संक्रमित छन् ।रायपुरको पचेडी नाका छेउमा रहेको निजी अस्पतालको आइसियु कक्षमा बिद्युत शर्ट भइ आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

५० जना कोरोना संक्रमित समेत गरी १ सय ४५ जना बिरामी उपचाररत सो अस्पतालमा आगलागी हुँदा बिरामीहरुबिच भागदौड मच्चिएको थियो । घटनामा केही बिरामी घाइते भएका छन् । आगलागिपछि बिरामीलाई अन्य अस्पतालमा सारिएको छ । एक बिरामीको आगलागीमा जलेर मृत्यु भएको थियो भने अर्का बिरामीको आगलागीका कारण असक्सिजन सप्लाई बन्द भएर मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू