अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

हङकङमा प्रजातन्त्रवादी मिडिया टाइकूनलाई राजनीतिक भेला गरेको अभियोगमा १४ महिनाको जेल

बिआरटीनेपाल २०७८ वैशाख ४ गते ७:१४ मा प्रकाशित

हङकङमा प्रजातन्त्रवादी मिडिया टाइकून जिमी लाइलाई अवैध राजनीतिक भेला गरेको अभियोगमा १४ महिनाको जेल सजाय सुनाइएको छ ।७३ वर्षिय लाइसहितका विभिन्न अभियन्ताहरूलाई सन् २०१९ मा भएको प्रजातन्त्रवादी आन्दोलनका लागि दोषी ठहर गरिएको थियो । अवैध राजनीतिक भेला गरेको अभियोगमा दोषी ठहर भएका उनलाई स्थानीय अदालतले जेल सजाय सुनाएको हो । लाइ संस्थापक रहेको एप्पल डेली ट्याबलोइड चीनको चर्को आलोचक मानिन्छ ।

चीनले हङकङको अधिकार तथा स्वतन्त्रता गम्भीर रुपमा नियन्त्रित गरिरहेका बेला लाइ माथि जेल सजाय सुनाइएको हो । सन् २०१९ को अगस्ट १८ र ३१ मा भएका प्रदर्शनमा सहभागी भएको अभियोगमा ८२ वर्षिय अभियन्ता मार्टिन ली र ७३ वर्षे वकिल मार्गरेट एनजीलाई पनि सजाय सुनाएको छ ।

गत हप्ताको सुरुमा एप्पल डेलीले जेलबाट लाईले पठाएको हस्तलिखित पत्र प्रकाशित गरेको थियो । पत्रमा उनले पत्रकारका रुपमा न्यायको खोजी गर्नु आफूहरुको जिम्मेवारी र दायित्व रहेको बताएका थिए । लाई माथि लगाईका अरु ६ अभियोगमा दुई वटा नयाँ सुरक्षा कानुन अन्तर्गतका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू