अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

नेपालमा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै

बिआरटीनेपाल २०७७ चैत २५ गते ७:५४ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर २ हजार २ सय १ सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा चार हजार १ सय नमुनाको पीसीआर परीक्षण गर्दा २ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू