अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

मेरो असल अगुवा

रन्जु मार्ग २०७७ चैत २२ गते ९:४५ मा प्रकाशित

कविता

जब तिमीलाई ती भिडहरुले
३९औं कोर्रा हान्दै हान्दै कलवरीको डाँडामा ल्याए,
जब तिमीलाई ती मानिसहरुले
गालि निन्दा गर्दै थुक्दै, काँडाको मुकुट पहिराए,
जब तिमीलाई ती शासकहरुले ,
कोमल हात पाउहरुमा किला ठोक्दै क्रुसमा झुण्डाए,
तब मैले शुरु गरे-
तिम्रो बारेमा बुझ्न ,
-पत्र पत्र केलाएर ,
-अक्षर अक्षर केलाएर
तर भेट्टाइन कतै
-तिम्रा कसुरहरु
-तिम्रा अपराधहरु
बरु बदलामा भेट्टाएँ-
-तिम्रो हिर्दय
-तिम्रो प्रेम
-तिम्रो क्षमा
-तिम्रो बलिदान
यसर्थ ,
अरु को हुन सक्ला र ?तिमि बाहेक
-मेरो असल गुरु
-मेरो असल मार्ग दर्शक
-मेरो असल अगुवा