अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

चन्द्रमामा स्पेश स्टेशन बनाउन चीन र रुसबीच सम्झौता

बिआरटीनेपाल २०७७ फागुन २९ गते ६:५४ मा प्रकाशित

चीन र रुसले चन्द्रमामा स्पेश स्टेशन बनाउने घोषणा गरेका छन् । रुसको स्पेश एजेन्सी रोस्कोमोसले चन्द्रमाको सहत वा कक्ष दुवैमा अनुसन्धानको सुविधालाई विकास गर्नका लागि चीनको राष्ट्रिय अन्तरीक्ष प्रशासनसँग सम्झौता भएको जनाएको छ । दुवै देशको अन्तरीक्ष एजेन्सीहरूका अनुसार यो स्टेशन दुवै देशको प्रयोगका लागि उपलब्ध हुनेछ । शुक्रबार रुसले आफ्नो मानवनिर्मित उडानको ६०औं वार्षिकोत्सव मनाएको छ ।

दुवै एजेन्सीले संयुक्त वक्तव्य जारी गर्दै इन्टरनेशनल साइन्टिफिक लूनर स्टेशनले चन्द्रमामा विभिन्न किसिमका खोज र यसको उपयोगसँग जोडिएका वैज्ञानिक अनुसन्धान गर्नेछ । वक्तव्यमा दुवै देशले स्टेशनको योजना, डिजाइन, विकास र सञ्चालनको लागि एकअर्कालाई मद्दत गर्ने बताइएको छ ।

अन्तरिक्षको दुनियाँमा चीनलाई सोचेभन्दा अघि बढेको देशको रूपमा हेरिन्छ । उसले गतवर्ष डिसेम्बरमा पठाएको चाङ ए–५ यानले सफलतापूर्वक चन्द्रमाबाट माटो र ढुङ्गा ल्याउन सफल भएको थियो । यसलाई चिनियाँ अन्तरिक्षको ठूलो सफलताको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू