अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउन चीन र रसियाको घोषणा

बिआरटीनेपाल २०७७ फागुन २६ गते ८:५४ मा प्रकाशित

चीन र रसियाले चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउने सम्झौतामा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रसियन अन्तरिक्ष संस्था ‘रोसकोसमस’को भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनसँग चन्द्रमाको सतहमा, यसको कक्ष वा दुवै स्थानमा अनुसन्धान सुविधाहरू विकास गर्ने सम्झौतामा हस्ताक्षर गरिएको छ ।’

दुवै देशका अन्तरिक्ष संस्थाहरूले निकालेको विज्ञप्तिमा यो स्टेसन अरु देशले प्रयोग गर्न पनि उपलब्ध गराइने उल्लेख छ । चीन र रसियासँग भएको अन्तरिक्ष विज्ञान, अनुसन्धान र विकास, अन्तरिक्ष साधन र अन्तरिक्ष प्रविधिको चन्द्रमामा अन्तर्राट्रिय वैज्ञानिक अनुसन्धान स्टेसन निर्माण गर्न संयुक्त रूपमा प्रयोग गरिने विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ अन्तरिक्ष कार्यक्रमका विज्ञ चेन लानले एफपी समाचार संस्थालाई बताएका छन्, ‘यो एउटा महान् सहकार्य हो, यो चीनका लागि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अन्तरिक्ष सम्झौता हो, त्यसैले यो महत्त्वपूर्ण छ ।’

अन्तरिक्षका विषयमा चीन नवागन्तुक देश हो तर गत वर्षको डिसेम्बरमा चिनियाँ यानले चन्द्रमाबाट माटो र चट्टान सफलतापूर्वक बोकेर पृथ्वीमा फर्किएको थियो । यसले चीनको अन्तरिक्ष क्षमतालाई उजागर गराएको थियो । अमेरिकाले सन् २०२४ मा पुनः चन्द्रमामा फर्कने योजना बनाएको छ । यो योनाअनुसार सन् १९७२ पछि पहिलोपटक एक अमेरिकी पुरुष र एक महिलाले चन्द्रमाको सतहमा पाइला टेक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू