अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

ह्यारी र मेगनको एक अन्तर्वार्ता प्रसारणको ८२ करोड लिने यी अमेरिकी पत्रकार

बिआरटीनेपाल २०७७ फागुन २६ गते ८:५० मा प्रकाशित

बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले एक टेलिभिजन अन्तर्वार्ता अहिले विश्वभर चर्चित छ । अन्तर्वार्तालाई अमेरिकाको टेलिभिजन च्यानल सीबीसीले प्रसारण गरेको थियो । अन्तर्वार्तामा ह्यारी र मेगनले शाही परिवारको विषयमा महत्वपूर्ण खुलासा गरेका थिए । यो अन्तर्वार्ताको विश्वभर चर्चा भइरहेको सन्दर्भमा टेलिभिजन च्यानलले यो अन्तर्वार्ताको लागि होस्ट ओपरा विनफ्रेलाई ८२ करोड रुपैयाँ दिएको खुलासा भएको छ ।

एक दैनिक पत्रिकाको रिपोर्टअनुसार सीबीसी च्यानलले ह्यारी र मेगनको अन्तर्वार्ताको लागि ८० देखि ९० करोड रुपैयाँ तिरेको हो । यद्यपि ह्यारी र मेगनले भने अन्तर्वाार्ताको लागि ओपरा विनफ्रेसँग कुनै पनि रकम लिएका थिएनन् ।

६७ वर्षीया ओपरा विनफ्रे टक शो, टेलिभिजन प्रोड्युसर, अभिनेत्री एवं लेखिका पनि हुन् । उनले अनेक परोपकारी कामहरुपनि गर्नुभएको छ । एक गरिव परिवारमा जन्मिएकी विनफ्रे अहिले १९ हजार ७ सय करोड रुपैयाँभन्दा बढीकी मालिक छन् ।

विनफ्रेले ह्यारी र मेगनसँग करिब २ घण्टाको अन्तर्वार्ता लिनुभएको थियो । उनीहरुको अन्तर्वार्ता अमेरिकी समयअनुसार आइतबार राति ८ बजे प्रसारण भएको थियो । सीबीसी च्यानले अमेरिकाको सबैभन्दा धेरै हेरिने च्यानल हो । उक्त टेलिभिजनको अनलाइन दर्शकको संख्या पनि अत्यधिक धेरै रहेको बताइन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू