अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 11:59

प्रचण्ड–नेपाल समूहको नेकपाको स्थायी कमिटी बैठक– सर्वोच्वको फैसलालाई पुनरावलोकन गर्ने निष्कर्ष

बिआरटीनेपाल २०७७ फागुन २४ गते ६:५६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बसेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछिको परिस्थितिबारे छलफल गरिएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । तत्कालका लागि अदालतको फैसलाको विषयमा छलफल गरेर अघि बढ्ने विषयमा छलफल भएको समाचारमा जनाईएको छ ।

यसअघि नै प्रचण्ड–नेपाल समूहको नेकपाले अदालतको फैसलाको विषयमा कानुनविद्हरुसँग छलफल गरेको थियो । छलफलबाट समूहले अदालतको फैसलालाई पुनरावलोकन गर्ने निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टीको नाम आफ्नो भन्दै दिएको रिटमा कट्टेलको पक्षमै फैसला गरिदिएको छ भने एकीकरणपछि नाम राखिएको नेकपा भएको दललाई पूर्ववत अवस्थामा फर्काइदिएको छ । यसले राजनीतिलाई तरङ्गित बनेको प्रचण्ड–नेपाल समूहले सोमबार स्थायी कमिटी बैठक बोलाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू