अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

प्रतिनिधिसभा पुनःस्थापना पछिको स्थित ताजुब देखिएको प्रधानमन्त्रीको टिप्पणी

बिआरटीनेपाल २०७७ फागुन २४ गते ६:५५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना पछिको स्थित ताजुब देखिएको टिप्पणी गर्नुभएको छ । १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापनापछि संसदमा माननीयहरुको गतिविधि अशोभनीय देखिएको भन्दै जनताका समस्या समाधान गर्ने थलोलाई नाराबाजी र धामी नाचमा परिणत गरेको टिप्पणी गर्नुभयो ।

मुद्दा लडेर आएपछि ताजुव देखियो, एउटा फैसला अदालतको जय जयकार, अर्को फैसला के गरेको यो राजनीतिमा हात हाल्न पाइन्छ ? प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले अदालतको फैसला मान्नै पर्ने भन्दै न्यायालयका फैसलालाई सम्मान गर्न आग्रह गर्नुभयो । प्रतिनिधिसभा पुनःस्थापनापछि झनै पहिलो बैठकमा नै समस्या देखिएको भन्दै उहाँले यस्तै अवस्था आउला भनेर संसद बिघटन गरेको बताउनुभयो ।

उहाँले सर्वोच्चको फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो ? भनेर सोधिएकोमा प्रधानमन्त्रीको आक्रोस थियो । प्रधानमन्त्रीले भन्नुभयो, अब मैले उहाँहरुलाई सोध्न नपरोस् तपाई कुन पार्टीको ? प्रधानमन्त्री ओलीको प्रतिप्रश्न थियो । हिजो संसदमा नेकपा खारेज भइसकेको अवस्थामा प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न गर्नुपर्ने बेला भएको भन्दै सांसद भीम रावलले टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू