अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी बिस्फोट

बिआरटीनेपाल २०७७ फागुन १९ गते ७:२८ मा प्रकाशित

इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी बिस्फोट भएपछि उच्च सतर्कता अपनाइएको छ ।इन्डोनेशियाको माउन्ट सिनााबंगमा भएका ज्वालामुखी बिस्फोट भएसँगै सो क्षेत्रको ३ किलोमिटर आसपास रहने सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बिस्फोटपछि सो ज्वालामुखीको धुँवा पाँच किलोमिटर माथिसम्म फैलिएको थियो ।भूकम्पको जोखिममा रहेको उक्त क्षेत्रमा हुने गरेको ज्वालामुखी बिस्फोटले इन्डोनेशियाको उत्तरी सुमात्रा प्रान्तमा पनि उच्च सतर्कता अपनाइएको छ । इन्डोनेशियामा हाल १ सय ३० वटा ज्वालामुखी सक्रिय रहेका छन् । जुन विश्वका अन्य राष्ट्रहरुका सक्रिय ज्वालामुखीको तुलनामा अत्यधिक हो ।

इन्डोनेशियामा सन् २०१० देखि हालसम्म कयौं पटक ज्वालामुखी बिस्फोट भइसकेका छन् । जसमा सन् २०१३ सेप्टेम्बर १५ मा भएको बिस्फोटका कारण ३ हजार ७ सय परिवार बिस्थापित भएका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू