अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

अमेरिकामा सङ्क्रमणबाट मृत्यु भएकाहरुका शोकमा पाँच दिन राष्ट्रिय झण्डा आधा झुकाइने

बिआरटीनेपाल २०७७ फागुन ११ गते ८:०९ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाहरुका शोकमा ५ दिनका लागि राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेसँगै राष्ट्रपति जो बाइडेनले शोक मन्तव्य व्यक्त गर्दै सबै संघीय संस्थालाई आधा झण्डा झुकाउन आह्वान गर्नुभएको हो ।

कोरोना महामारीका कारण सबैभन्दा धेरै मृत्यु ब्यहोर्ने देश अमेरिका हो । यो संख्या पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाले व्यहारेको मानवीय क्षतिभन्दा पनि बढी हो । अमेरिकामा ५ लाख १२ हजार ५ सय ९० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू