अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

मंगलग्रहको रंगीन तस्बिर पहिलोपटक सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन ९ गते ७:१३ मा प्रकाशित

मंगलग्रहको रंगीन तस्बिर पहिलोपटक सार्वजनिक भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको मंगल ग्रहमा केहि दिन अगाडि पुगेको यन्त्रमानव ‘पर्सिवरेन्स मार्स रोवर’ले ट्वीट मार्फत आफू आई पुगेको नयाँ ठाउँमा आफू रमाई रहेको जानकारी दिँदै रंगीन तस्बिर खिचेर उपहारस्वरुप पठाएको हो।

रोवरले फेब्रुअरी महिनामा सोसल मीडिया ट्वीटरमा प्रवेश गरेको थियो। अहिले यसका २० लाख फलोवरस भइसकेका छन्। ‘करेंट लोकेसन’ जेजेरो क्रेटर उल्लेखित रहेको यसको अकाउंटमा हा‘बीमा फोटोग्राफी, कलेक्टिंग रक्स, अफ रोडिंग लेखिएको छ। यसले दिनमा कैयन पटक आफुबारे, आफ्ना गतिविधिबारे ‘स्टेटस पोस्ट’ गर्छ।

३० जुलाईसम्म यो रोवर पृथ्वीमा थियो तर ३० जुलाईमै यसका निर्माताहरुले यसलाई करोडो किमी टाढा मंगल ग्रहतिर पठाई दिए। झण्डै २ सय ३ दिनको यात्रा गरेर यो आफ्नो नयाँ ‘डेस्टिनेशन’ मंगल ग्रहको जेजेरो क्रेटरमा गएको १९ फेब्रुअरीका दिन ओर्लेको थियो।

‘ओर्लिदा ओर्लिदै यसले मंगल ग्रहको तस्बीर पठाएको थियो आफ्नो पहिलाको घर अमेरिकाको क्यालिफोर्निया स्थित नासाको ‘जेट प्रपोल्सन लेबोरेट्री’मा।’ यसले पृथ्वीमा सूचना पठाएको छ – ‘म अहिले आफूसँग रहेको हेलिकोप्टर चार्ज गरीरहेको छु,चार्ज हुनसाथ म हेलीकप्टर उडाउँछु।’ यसै बीच यस रोवरले मंगल ग्रहको रंगीन तस्बिर खिचेर उपहारस्वरुप पृथ्वीमा पठाएको छ। रोवरसँग २३ वटा विभिन्न किसिमका अत्याधुनिक क्यामेरा रहेका छन्। यी क्यामेराबाट फोटो खिचेर यसले ‘जेट प्रपोल्सन लेबोरेट्री’लाई पठाउने काम गरी रहन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू