अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

नयाँ सङ्क्रमितहरु भेटिन थालेपछि चीनको बेइजिङ शहरमा बाहिर ननिस्कन सुझाव

बिआरटीनेपाल २०७७ माघ १५ गते ७:५३ मा प्रकाशित

कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिन थालेपछि चीनको बेइजिङ शहरमा बाहिर ननिस्कन सुझाव दिइएको छ । ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरिएको सरकारी अधिकारीले बताएका छन् । ‘स्प्रिङ फेस्टिभल’ का लागि चीन सरकारले विदा दिएको छ ।

यस समयमा सरकारी कार्यालयहरु पनि विदा हुने भएकोले ठूलो संख्याका मानिसहरु यो पर्व मनाउन जम्मा हुने गरेका छन् । पछिल्ला केही दिनहरुमा बेइजिङ सहितका अरु शहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले विदा मनाउने क्रममा बाहिर ननिस्किन र ठूलो संख्यामा उपस्थित नहुन आग्रह गरिएको हो ।

चीनको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा कोरोना भाइरसको संक्रमण सुरु भएको बताइएको थियो । यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू