अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलायो

बिआरटीनेपाल २०७७ माघ १५ गते ७:४७ मा प्रकाशित

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुई वटै समूहलाई छलफलका लागि बोलाइएको हो । अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन भनिएको उहाँले बताउनुभयो । छलफल भोलि विहान साँढे ११ बजेको बोलाईएको छ ।

नेकपाका दुबै समूहबाट छलफलमा पाँच÷पाँच जना पठाउन आयोगले भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–नेपाल गरी दुई वटा समूह क्रियाशील छ । यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू