अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई राष्ट्रपति सीको चेतावनी

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:४३ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी चिनफिङले शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चेतावनी दिनुभएको छ । विश्व अर्थतन्त्र मञ्च डोभासको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले यसको सामना गर्न एकताको आवश्यक रहेकाले शीतयुद्ध नगर्न चेतावनी दिनुभएको हो ।

उहाँले शक्तिशाली मुलुकहरुबीच फाटो ल्याउन शीतयुद्ध गर्ने, एकअर्कालाई अस्वीकार गर्ने धम्की दिनेजस्ता गतिविधिले कोरोनाविरुद्धको लडाइँमा सफलता हासिल नहुने बताउनुभएको हो । राष्ट्रपति सीले अमेरिकाप्रति लक्षित गर्दै एक अर्का मुलुकको अपस्थित्व स्वीकार गर्नुपर्नेमा जोड दिनुभएको हो ।

अमेरिकी राष्ट्रपनि जो बाइडेनले चीनको बढ्दो प्रभावलाई रोक्न विश्व संगठनहरुलाई पुर्जीवित गर्ने योजना बनाएको भन्दै राष्ट्रपति सीले त्यसो नगर्न चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । डोनाल्ड ट्रम्प नेतृत्वको अघिल्लो अमेरिकी प्रशासनले सुरु गरेको चीन लक्षित अभियानलाई बाइडेनले पनि निरन्तरता दिनेतर्फ संकेत गर्दै राष्ट्रपति सीले एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्दा सम्बन्ध जटिल बन्ने बताउनुभएको हो ।

अन्तर्राष्ट्रिय समाजले दीर्घकालीन दृष्टिबाट प्रतिवद्धतालाई व्यवहारमा उतार्दै विकासोन्मुख मुलुकका लागि आवश्यक समर्थन दिनुपर्ने भन्दै उहाँले विकासोन्मुख मुलुकको उचित विकास अधिकारलाई प्रत्याभूति दिनुका साथै हक अधिकार, अवसर र नियमहरुको निष्पक्षरुपमा पालना गर्नुपर्ने बताउनुभयो । यस्तो कार्यबाट मुलुकका जनताले विकासको मौका र उपलब्धी संयुक्त रुपमा हासिले गर्ने राष्ट्रपति सीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू