अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

चीनको सुनखानीमा दुई हप्ताअघि फसेका १० कामदार मृत भेटिए

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:३८ मा प्रकाशित

चीनको सुनखानीमा दुई हप्ता अघि फसेका १० कामदार मृत भेटिएका छन् । दुई हप्तासम्म खानीको सुरुङमा फसेका ११ कामदारलाई जीवितै उद्धार गरिए पनि अरु १० जना भने मृत भेटिएका हुन् । शाङ्डोङ्ग प्रान्तको सुनखानीमा दुई हप्ता पहिले फसेका ११ जना खानी मजदुरलाई झण्डै दुई हप्तापछि जीवितै उद्धार गरिएको थियो ।

तर १० जनाको भने शव भेटिएको चिनियाँ टेलिभिजन सिसिटिभीले जनाएको छ । अझै एकजना बेपत्ता छन् ।जीवितै उद्धार गरिएका एकजनाको गएको हप्ता उपचारको क्रममा निधन भएको थियो । सुरुङको प्रवेशद्वार भत्किँदा गएको जनवरी १० मा हुशान खानीमा मजदुर फसेका थिए । आइतबार ११ जनालाई जीवितै उद्धार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू