अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजको सुनुवाइ सकियो

बिआरटीनेपाल २०७७ माघ ६ गते ६:४५ मा प्रकाशित

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथिको मंगलबार (आज)को सुनुवाइ सकिएको छ । आइतबारदेखि संवैधानिक इजलासमा सुरु भएको मुद्दामा मंगलबार पनि बहस भएको हो । मंगलबार अधिवक्ताहरु शिव कुमार यादव, हर्क बहादुर रावल, शेर बहादुर ढुंगाना, डा. रुद्र शर्माले बहस गर्नुभएको थियो ।

डा. चन्द्रकान्त ज्ञवालीले बहस गर्दा गर्दै आजको सुनुवाइ स्थगित भएको हो । आजको बहसमा अधिवक्ताहरुले संविधान भन्दा माथि कोही नभएको भन्दै प्रधानमन्त्री ओलीले संविधान बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा साढे तीन सय वकिलले बहसका लागि नाम टिपाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका छन् ।

बहसमा अधिवक्ताहरुले लामो र विषय वस्तु केन्द्रीत बहस नगर्दा सुनुवाइ लम्बिरहेको छ । रिटमा तीन दिनदेखि निरन्तर बहस चलिरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू