अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

कोभिड–१९ बाट विदेशमा मात्र ३ सय १९ जना नेपालीको निधन

बिआरटीनेपाल २०७७ माघ ५ गते ८:३१ मा प्रकाशित

नयाँ भाइरस विरुद्ध फाइजरको खोप लगाउन सकिने
कुल परीक्षणमध्ये कम्तीमा १० % मा संक्रमण

लन्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैर आवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा १ जना र साउथअफ्रीकामा १ जनाको निधन भएको हो ।

गैर आवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १९ पुगेको छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल सङ्क्रमितको ९५ प्रतिशत हो ।

गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको सङ्ख्या २ लाख ६७ हजार ५६ जना छ भने २ लाख ६१ हजार ४४ जना अर्थात् ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

नयाँ भाइरस विरुद्ध फाइजरको खोप लगाउन सकिने
गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरूप ( कोरोनाभाइरस भेरियन्ट) विरुद्ध अहिले बजारमा आएका खोपहरू प्रयोग गर्न सकिने भएको छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार पछिल्लो छोटो अनुसन्धानले फाइजर र बायोएन्टेक लगायतका भ्याक्सिन नयाँ प्रकृतिको कोरोना भाइरसको विरुद्धमा प्रभावकारी हुने देखाएको हो ।

कुल परीक्षणमध्ये कम्तीमा १० % मा संक्रमण
नेपालमा कोरोना महामारी घट्दो क्रममा रहेको भए पनि स्वास्थ्य सावधानी आवश्यक रहेको स्वास्थ्य समितिले जनाएको छ । हाल दैनिक भइरहेका कुल परीक्षण गरेकामध्ये कम्तीमा १० % मा संक्रमण हुने गरेको पाइएको भन्दै समितिले जोखिम कम नभएको उल्लेख गरेको छ । परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक तथ्याङ्क के हो भन्न नसकिने समितिले बताएको छ ।समितिले मास्क, भौतिक दुरी र हात धुने लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाएको छ ।

आत्महत्या रोकथाम सम्बन्धी विशेष भर्चुअल कार्यशाला
वैदेशिक रोजगारीमा रहेका नेपालीमा मनोरोग बढ्न थाले पछि सङ्घ अन्तर्गतको वैदेशिक रोजगार र कल्याण विभागले आत्महत्या रोकथाम सम्बन्धी विशेष भर्चुअल कार्यशाला आयोजना गरेको छ । हालसम्म ३ कार्यशाला सम्पन्न भैसकेको छ । सो कार्यशालामा मन रोग विशेषज्ञ डा विजय ज्ञवाली र डा रंजन थापाले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो । विशेषतः मध्यपूर्व, मलेसिया लगायत मुलुकका नेपालीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू