अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

संसद विघटन विरुद्धको आन्दोलन प्रभावकारी – नेकपा

बिआरटीनेपाल २०७७ माघ १ गते ७:०२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन प्रभावकारी हुँदै गएको निश्कर्ष निकालेको छ । बैठकले आन्दोलनलाई अझ प्रभावकारी बनाउन थप रणनीति तय गर्ने नेताहरुले बताएका छन् । बिहीबारबाट पेरिसडाँडामा सुरु भएको बैठकमा भएको छलफलले यस्तो निश्कर्ष निकालेको हो ।

बैठकपछि नेता रघुजी पन्तले अहिलेसम्म भएका संघर्षका कार्यक्रमको समीक्षा गर्दै भावी आन्दोलनका बारेमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्मको आन्दोलन प्रभावकारी भएको भन्दै अझै प्रभावशाली बनाउन पहल गर्ने निर्णय भएको बताउनुभयो । आन्दोलनले संविधान, लोकतन्त्र जोगाउँदै मुलुकको डिरेल हुन लागेको राजनीतिलाई ट्रयाकमा ल्याएरमात्रै विश्राम लिने पन्तको भनाई छ ।

बिहीबारको बैठकमा नेकपाका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए । त्यस्तै बैठकमा भावी संघर्षका कार्यक्रम कस्ता बनाउने भन्ने विषयमा छलफल सुरु भएपनि निर्णयमा पुगिनसकेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू