अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 03:36

“ ओलीका कारण सङ्घर्ष र बलिदानबाट प्राप्त भएको लोकतन्त्र धरापमा” – प्रचण्ड

बिआरटीनेपाल २०७७ पुष २९ गते ७:३१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७० वर्षभन्दा धेरै समयदेखिको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको लोकतन्त्र धरापमा परेको बताउनुभएको छ । आफैले बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लामो समयदेखिको सङ्घर्षपछि प्राप्त भएको संविधान नै धरापमा परेको प्रचण्डले बताउनुभयो ।

प्रज्ञा भवन कमलादीमा भएको काठमाण्डौ जिल्लास्तरीय भेलामा अध्यक्ष प्रचण्डले लोकतन्त्र र संविधानमाथि आक्रमण भएकाले त्यसको रक्षाका लागि आफूहरू सडकमा आएको बताउनुभएको हो । उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी आफूहरूको काँधमा आएको भन्दै देश र नागरिक सामु देखिएका सङ्कट समाधानका लागि एकजुट हुन सबैसँग आग्रह गर्नुभयो । आफ्नै आँखा अगाडि निरङ्कुश ढङ्गले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएकाले आफूले त्यसलाई हेरेर बसिरहन नसकेको प्रचण्डको भनाइ छ ।

निकै धेरै कसरतपछि मात्रै पार्टी एकताको घोषणा भएको भन्दै उहाँले पार्टी एकता हुनुभन्दा पहिले विचार र राजनीतिक कार्यदिशाका बारेमा धेरै चरणमा बहस भएको स्मरण गर्नुभयो । मदन भण्डारी र नागरिकको बहुदलीय जनवाद, माओवादी आन्दोलन र २१ औँ शताब्दीको जनवादबारे एकताअघि निकै छलफल भएको र केपी ओलीसहित आफूले हस्ताक्षर गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू