अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

नेपालमा थप ७ सय ८२ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ पुष ३ गते ८:०७ मा प्रकाशित

परीक्षणमा कमी आएसँगै नेपालमा कोरोना संक्रमितको संख्यामा पनि कमी गिरावट आइरहेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ जनाको परीक्षण हुँदा ७ सय ८२ जनामा संक्रमण देखिएको छ । यो कूल परीक्षणको करिब १४ प्रतिशत हो ।योसँगै देशभर कूल संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ ।

यस्तै, थप १६ जनाको कोरोनाका कारण मृत्यु भएसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ६५ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार २९ जना संक्रमणमुक्त भएसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ ।्

हाल ९ हजार ३ सय १७ जना सक्रिय संक्रमित छन् । तीमध्ये संस्थागत आइसोलेशनमा ३ हजार ४ सय ८३ र होम आइशोलेशनमा ५ हजार ८ सय ३४ जना रहेका छन् । देशभर २ सय ८३ जनाको आईसीयूमा र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू