अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

बिबिसी मास्टर सेफको ग्रान्ड फिनालेमा नेपालका सन्तोष शाहलाई ढाकाटोपी लगाउन अनुमति

बिआरटीनेपाल २०७७ पुष १ गते ६:५४ मा प्रकाशित

नेपालका सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को ग्राण्ड फिनालेमा नेपाली ढाका टोपी लगाउने भएका छन्। पाक कलासम्बन्धी टेलिभिजन प्रतियोगिताका निर्णायकहरुले नेपाल चिनाउने ढाकाटोपी लगाउन अनुमति दिएको सेफ शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनले आफ्नो सपना साकार हुँदै गएको खुसी व्यक्त गर्दै भनेका छन्, ‘यो भनेको मेरो सपना सत्य हुनु सरह हो। मास्टरसेफको फिनालेमा राष्ट्रिय पहिचान झल्काउने नेपाली ढाका टोपी लगाउन अनुमति दिएकोमा बिबिसी वानलाई धन्यवाद दिन चाहन्छु।’

यसका साथै उनले आफ्नो फेसबुकको प्रोफाइल पिक्चर र कभरमा पनि नेपाली ढाका टोपी लगाएको फोटो नै राखेका छन्। नेपाली सेफ साह ‘बिबिसी वान’टेलिभिजनमा प्रसारित फाइनल चरणको पहिलो समूहबाट शीर्ष चारमा पुग्न सफल भएका थिए ।

उनले यो चरणमा डेजर्टको रुपमा कोदोको खिर बनाएका हुन् । यस्तै उनले आँपको कुल्फी र आँपको ‘अमौरा’ पनि बनाएर निर्णायकलाई पस्किएका हुन् । उनले हरेक चरणमा नेपाली परिकार बनाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू