अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 16:50

नेपाल भित्रिने भिटामिन र टोनिक आहारलाई रोक लगाएपछि विवाद सतहमा, औषधिमा कर छलेको आरोप

बिआरटीनेपाल २०७७ मंसिर २३ गते ६:०३ मा प्रकाशित

औषधि व्यवस्था विभागले पुरक खानाको रुपमा नेपाल भित्रिने वस्तुहरुलाई बन्देज लगाएपछि विवाद उत्पन्न भएको छ। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा परेको उजरीले विवादको रहस्य खुलेको हो । बजारमा भित्रिएको पुरक आहार, विभिन्न टोरिक भिटामिन लगायतका वस्तुहरुलाई औषधि व्यवस्था विभागले आयातमा रोक लगाएपछि विवाद उत्पन्न भएको हो।

अधिवक्ता राजिव वास्तोलाले गलत ऐन प्रयोग भई प्रत्यायोजित विधायनको उलंघन भएको भन्दै समितिमा उजुरी गनुृभएको छ । औषधि व्यवस्था विभागले भने व्यवसायीहरुले औषधिजन्य वस्तुहरुमध्ये कुनैलाई औषधिको रुपमा र कुनैलाई पुरक आहारको रुपमा भित्र्याएर कर छलेको आरोप लगाएको छ।

यता, स्वास्थ्य सेवा विभागले भने औषधि विक्रेताले औषधि र टोनिक तथा पुरक आहारलाई नछुट्याई विक्री वितरण गर्दा समस्या देखिएको बताएको छ। कतिपय अवस्थामा औषधिजन्य वस्तुलाई औषधि भनेर विरामीलाई दिँदा नकारात्मक असर परेको पनि विभागको भनाई छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने पुरक आहारको रुपमा प्रयोग हुने भिटामिन र टोनिक आहारलाई खाद्य वस्तुभित्र राख्नुपर्ने बताएको छ। त्यस्ता वस्तुको प्रयोग हुने विधी र मात्राको विषयमा चिकित्सकले विरामीलाई सुझाव दिन थालेपछि औषधिको रुपमा बुझ्नुपर्ने बताएको छ। यसमा नियामक निकायले आफ्नो दायरा स्पष्ट गर्नुपर्ने पनि विभागको भनाइ छ।

सरकारले औषधि व्यवस्था विभाग मार्फत पुरक आहारको रुपमा नेपाल भित्रने खाद्य वस्तुलाई औषधिको रुपमा मात्र आयात गर्न अनुमति दिने गरेको छ। औषधि तथा औषधिजन्य वस्तु आयातकर्ताले यसको विरोध गर्दै आएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू