अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

विश्वभर ४ करोड ६९ लाख कोरोना संक्रमणमुक्त, १५ लाख ४९ हजारको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर २३ गते ५:५७ मा प्रकाशित

विश्वभरमा चार करोड ६९ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । अहिलेसम्म चार करोड ६९ लाख ८७ हजार ७ सय ४८ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा ६ करोड ७९ लाख दुई हजार दुई सय १६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १५ लाख ४९ हजार ६ सय ११ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ९३ लाख ६४ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ५३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८९ लाख ७६ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ९० हजार तीन सय ७३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९७ लाख तीन हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९१ लाख ७७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४० हजार ९ सय ९४ जना पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू