अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

गणतन्त्रको रक्षा र पार्टी एकता बचाउन ‘अध्यक्ष र प्रधानमन्त्री’ गौण – प्रचण्ड

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ६:४१ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको रक्षा र पार्टी एकता बचाउनका लागि सबैले त्याग गर्ने बेला आएको बताउनुभएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको प्रमुख कुरा अध्यक्ष र प्रधानमन्त्री भन्दा पनि गणतन्त्रको रक्षा र पार्टी एकता बचाउनु रहेको बताउनुभएको हो । उहाँले गणतन्त्रको रक्षा र पार्टी एकता बचाउनका लागि आफू दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताउनुभयो ।

१३ मंसिरमा बसेको पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भन्दै प्रचण्ड पनि तयार हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा उहाँले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताउनुभएको हो ।

स्थायी कमिटी बैठकमा झण्डै एक घण्टाभन्दा बढी समय बोल्नुभएका अध्यक्ष प्रचण्डले पार्टी एकतामै जोड दिनुभएको बैठकमा सहभागी एक नेताले बताएका छन् । उनका अनुसार एकताको विकल्प एकता नै रहेको प्रचण्डको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू