अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

कोरोनाविरुद्धको खोप प्रयोग गर्न दिनेमा दोस्रो बन्यो बहराइन

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:३८ मा प्रकाशित

कोरोनाको विरुद्धमा बनाइएको खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ ।अमेरिकी कम्पनी फाइजर र यसैको जर्मन साझेदार बायोएनटेकले बनाएको खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्वीकृति दिएको हो ।

बहराइनको राज्यद्वारा सञ्चालित बहराइन न्यूज एजेन्सीले यो खोप प्रयोगका लागि स्वीकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख छ ।यसअघि, बुधबार बेलायतले यही खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिएको थियो ।देशको राष्ट्रिय स्वास्थ्य नियामक निकायले सबै कुरा अध्ययन गरेर यसलाई आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्वीकृति दिएको हो ।

प्रयोगका लागि स्वीकृति दिएपनि कति खोप सरकारले ल्याएको छ र त्यसको प्रयोग कहिलेदेखि गरिनेछ भन्नेबारेमा भने केही जानकारी दिइएको छैन ।त्यसैगरी, फाइजरले पनि बहराइनसँग भएको सम्झौतामा कति खोप बहराइनलाई दिन लागिएको हो र कहिले–कहिले ढुवानी हुने हो भन्नेलगायतका जानकारी दिन नमिल्ने र आफ्नो तर्फबाट गोप्य नै राखिने जनाएको छ । झन्डै १६ लाख जनसंख्या रहेको मुलुक बहराइनमा अहिलेसम्म कोरोनाभाइरसबाट ८७ हजारजना संक्रमित भएका छन् भने ३४१ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू