अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा यस वर्षको पुरस्कार घोषणा

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:२९ मा प्रकाशित

साहित्यकार रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कारका विजेताहरुको नाम घोषणा गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले विहीवार विज्ञप्ति जारी गर्दै पुरस्कार विजेताहरुको नाम सार्वजनिक गरेको हो । प्रतिष्ठानका अनुसार यस वर्षका पुरस्कारहरू वाङमय (साहित्य), समाजसेवा र कला सङ्गीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूलाई प्रदान गरिने छ । प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिस अनुसार सम्मानित हुने प्रतिभाहरूको नाम सिफारिस गरिएको हो ।

विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ३० हजार रुपैयाँ छ । २० हजार रुपैयां राशीको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर)लाई प्रदान गरिएको छ । रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई प्रदान गरिएको छ ।

साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरिएको छ । रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने निर्णय गरिएको छ । यी सबै पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।

सम्मान र पुरस्कार आगामी पुस ४ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिनुभयो । प्रतिष्ठानका सदस्य मातृका पोखरेलको संंयोजकत्वमा गठित समितिका सदस्यहरूमा साहित्यकारद्वय कोषराज न्यौपाने र पुरुषोत्तम सुवेदी रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू